माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी विजयी

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन्। राष्ट्रियसभा सदस्यसमेत रहेका कैलालीका चाैधरीले दार्चुलाका मानवहादुर धामीलाई २१ मतले हराएका हुन् ।

प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो। प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउदै विजयी भएका हुन् भने धामीले ९३ मत पाए।

यस्तै अन्य ८ जना पदाधिकारी पनि टुंगो लगाएको छ। प्रदेश समितिको उपाध्यक्षमा मानसिंह माल(डडेल्धुरा), अक्कल रावल (अछाम) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन्। सचिवमा जनक बुढा ( बझाङ ), सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र ( कैलाली ), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमल कुमारी शाह (बाजुरा ) विजयी भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.