आज २७ ओें जनयुद्ध दिवस, मुख्यमन्त्री भट्टद्वारा शुभकामना ब्यक्त
धनगढी । आज फागुन १ गते । २०५२ साल आजकै दिन तत्कालिन नेकपा माओवादीले जनयुद्धकाे घाेषणा गरेकाे २७ बर्ष पुरा भएछ । यस जनयुद्धले नेपाली समाज र राजनीतिमा (उथलपुथल) अग्रगामी परिवर्तन ल्याएकाे छ ।
यही दिनकाे अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं माओवादी नेता त्रिलाेचन भट्टले शुभकामना सन्देश ब्यक्त गर्दै परिवर्तनको निम्ति आफ्नो प्राणको आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सन्देशमा भनेका छन्- यस मुक्तियुद्धले संविधानसभामार्फत नयाँ संविधान निर्माण, मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेकोले यसको रक्षा गर्दै थप उपलब्धि प्राप्तिकालागि अग्रगामी परिवर्तनकारीहरुले एकजुट भएर लाग्नु आवश्यक छ ।
सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट जनयुद्धका सहिद, बेपत्ता परिवार घाईते अपांगता भएकाको आयआर्जन, जीविकोपार्जन तथा उपचारकालागि कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा थप प्रतिबद्ध रहने भन्दै ‘यो महान दिनको अवसरमा शुभेच्छुक शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न आग्रहसमेत गर्दछु ।’