बाक्लो हुस्सुले धनगढी विमानस्थल ठप्प, यात्रु मर्कामा

धनगढी ।  पश्चिम तराईमा लग्दै आएकाे बाक्लो हुस्सुका कारण हवाई उडानमा प्रत्यक्ष असर पर्न थालेको छ। हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि धनगढी बिमानस्थलमा हुने सबै उडानहरू प्रभावित हुदाँ यात्रु मार्कामा परेका छन्।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आकाश नखुलेपछि आईतबार साँझसम्म कुनै उडान हुन नसकेको बताए। ‘धनगढी-काठमाडौं-धनगढी दैनिक ७ उडान भइरहेका छन्,’ उनले भने, ‘अहिलेसम्म आकाश नखुलेपछि एउटा उडान पनि भएको छैन। अरु दिन दिउसोसम्म उडान हुने गरेको थियो। यसैगरी, धनगढीबाट सुदूरपश्चिमको पहाडी जिल्लामा दैनिक चार/पाँच वटा उडान हुने तर धनगढीमै विमान नआएपछि त्यहा पनि कुनै उडान भएका छनन् ।

दिउसोसम्म एउटा पनि उडान नभएको यो सिजनमा पहिलोपटक हो।’ धनगढीमा श्री एयरलाइन्स र बुद्ध एयरलाइन्सले दैनिक ३र३ र सौर्यले एक उडान भर्दै आएको छ। हुस्सुले उडान प्रभावित भएपछि यात्रु मर्कामा परेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.