शहिद दिवसमा मुख्यमन्त्री भट्टकाे सन्देश-‘जनताको शासन स्थापित गर्न अझै क्रान्ती’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले मुलुककाे राजनीतिक तथा सामाजिक परिवर्तनका खतिर विभिन्न कालखण्डमा भएका जनआन्दाेलन तथा क्रान्तिमा बलिदानीपूर्ण सहदात र त्याग अर्पण गर्ने व्यक्तित्व नै महान भएकाे बताएका छन् ।
शहिद दिवसका अवसरमा आईतबार शुभकामना सन्देश ब्यक्त गर्दै मुख्यमन्त्री भट्टले जहानीया तथा निरंङ्कुस शासन व्यवस्थाबिरुद्ध ज्यानकाे बाजी लगाएर लडेर जनताको शासन स्थापित हुनसकेको भन्दै यसकाे रक्षा र थप उपलब्धीका लागि अझै खबरदारी आबश्यक रहेकाे उल्लेख गरेका छन् । संघीयतासहितकाे लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते र पीडित जनकाे सरकारले उचित मुल्याङकन गरिरहनेसमेत उनले प्रतिबद्धता जनाएका छन् ।
मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद देशकै सच्चा सपूत भएको उनकाे बताए ।