१५ कर्मचारीमा काेराेनापछि कैलाली प्रशासनकाे कामकज ठप्प

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ। जिल्ला प्रशासनले एक सूचना जारी गर्दै ९ गते (आइतबार) बाट अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जनाएको हो।

एकजना प्रशासकीय अधिकृतसहित १५ जनामा संक्रमण देखिएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले कर्मचारीहरुमा कोरोना देखिन थालेपछि प्रशासनका सम्पूर्ण सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.