मुख्यमन्त्री भट्टद्वारा संघीय सरकारप्रति आक्रोश ब्यक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले संघीय सरकारले जग्गा उपलब्ध नगराएका कारण गोदावरीमा प्रदेश राजधानीको काम अघि बढाउन नसकेको बताएका छन् ।  प्रदेशसभा स्थापनाकाे चार वर्ष पूरा भएर पाँचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशसभाले शुक्रबार धनगढीमा आयोजना कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे गुनासाे गरेका हुन् ।

उनले प्रदेशले राजधानीका लागि छुट्याइएको बजेट सधै फ्रिज जाने गरेको बताउँदै काम गर्छु भन्दा जग्गा नदिने र कर्मचारी सुटुक्क लैजाने सघीय सरकारकाे प्रवृतीले आफ्नाे सरकार हैरानीमा परेकाे बताए । May be an image of 9 people, people standing, people sitting and indoorकेन्द्र सरकारले आफूहरुलाई जानकारी नै नदिई कर्मचारीहरुको सरुवा गर्नाले समेत विकास निर्माणका काम गर्न नसकेको उनकाे आराेप थियाे ।

“कर्मचारी थाहै नदिई सरुवा गर्दिने, अनि हाम्ले काम गरेन भनेर सधै गाली मात्रै खाइरहनु पर्ने ।” मुख्यमन्त्री भट्टले आक्रोश व्यक्त गर्दै भने – “कि त अवधि पूरा गर्नेगरी कर्मचारी दिनु पर्‍यो, होइन भने कर्मचारीका कारण सधै दु:ख मात्रै पाइरहने ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.