डडेल्धुरा । नेकपा एमालेको जिल्ला नेतृत्वको लागि डडेल्धुरामा अहिले चुनाव हुँदैछ । जारी ८ ओें अधिवेशनमा शनिबार नृतृत्व चयनका लागि सहमति हुन नसक्दा आज चुनाव हुन लागेकाे हो ।
जसका लागि अध्यक्षमा प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन) भिड्दै छन । यस्तै उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको छ भने सचिवका लागि करन ताम्राकार र गजेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।