माओवादी महाधिवेशनमा आज केन्द्रीय सदस्य चयन प्रक्रिया सुरु हुने

काठमाण्डाैं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा शुक्रबार नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने भएको छ ।​ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएकाले आज नेतृत्व चयन प्रक्रिया सुरु हुने बताईएकाे छ ।

आज अपराह्न १ बजेबाट सुरु हुने बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ । त्यसपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ गुरुङले दिने र प्रचण्डले आफ्नो दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।

त्यसपछि केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.