मतगणनामा देउवा अगाडी भएपनि ५० प्रतिशत कटाउन मुस्किल
धनगढी । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। अहिलेसम्म २७ सय ७७ मतगणना हुँदा देउवाले १३१८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १०२३ मत प्राप्त गरेका छन्।
सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्।कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ।
तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन्।