माओवादी केन्द्र सुदूरपश्चिम सम्मेलनकाे उद्घाटन प्रचण्डले गर्दै

धनगढी । नेकपा माओवादी केन्द्रको धनगढीमा हुने पहिलाे प्रदेश सम्मेलनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्दैछन् ।मंसिर २५ र २६ गतेसम्म चल्ने उक्त सम्मेलनकाे एक कार्यक्रमकाबीच अत्याधुनिक प्रविधिको माध्यमबाट उद्‍घाटन गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी इन्चार्ज खगराज भट्टले जानकारी दिए ।

यसअघि उनले सम्मेलनका लागि मञ्च व्यवस्थापन,ब्यानर, स्टिकर, पम्प्लेट होटल व्यवस्थापनजस्ता सबै आवश्यक तयारी पुरा भएको बताए ।सम्मेलनकाे बन्द सर्तबाट २२३ जनाको कमिटी निर्माण गर्ने र पछि १० प्रतिशत थप गरेर कमिटीलाई पूर्णता दिने उनले बताए । महिला ३५ प्रतिशत, युवा २० प्रतिशत दलित १५ प्रतिशत सहितको समावेशी कमिटी निर्माण गरेर सम्मेलन सम्पन्न हुने उनको भनाई छ ।

अबको सम्मेलनले प्रदेशको नीतिगत तथा भौतिक विकासमा समेत भूमिका खेल्ने इन्चार्ज भट्टले बताए।सम्मेलनमार्फत नयाँ प्रदेश कमिटी चयन हुनेछ। सुदूरपश्चिममा माओवादी केन्द्रका करिब १२ सय प्रतिनिधि रहने छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.