स्वराेजगार बन्न चहानेलाई सरकारले साथ दिइरहेकाे छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले आफ्नै गाउँघरमा स्वराेजगार बन्न चहानेलाई प्रदेश सरकारले साथ दिइरहेकाे बताएका छन् । मङ्गलवार नेपाल घरेलु तथा साना उद्योग महासङ्घ प्रदेशको दोस्रो अधिवेशन एवं दोस्रो महिला सम्मेलनकाे उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन् ।

May be an image of 7 people and people standingउद्योग कलकारखानाले नै देशको आर्थिक विकासमा टेवा पुग्ने भएकोले सम्भाव्यत्ता क्षेत्र अनुसार उद्योग सञ्चालन गर्नु पर्नेमा जोड दिए । “गाउँ घरमै उद्योग स्थापना भए बेरोजगारी समस्यामा कमी आउँथ्यो,” उनले भने, “नेपालीहरू रोजगारीको लागि भारत जानुपर्ने समस्या कायम रहेकोले उद्योग कलकारखाना सञ्चालन भए केही हदसम्म कम हुने थियो ।” प्रदेश सरकारले साना तथा घरेलु उधाेग खाेलेर स्वराेजगार बन्न चहानेहरुलाई विभिन्न कार्यक्रमबाट सहयाेग दिइरहेकाे उनकाे दावी थियाे ।

मुख्यमन्त्री भट्टले नेपालीहरूले भारतमा गर्ने काम आफ्नै देशमा गरे बेरोजगार समस्या केही कम हुने बताए । “हामी नेपालीहरू भारतमा जस्तो सुकै काम पनि गर्छौ । तर, नेपालमा गर्दैनौ त्यसैले हामी नेपाली धेरै बेरोजगार छौँ,” उनले भने। विगत लामो समय देखि घरेलु तथा साना उद्योगले सिलाई कटाई तालीम भन्दै तालीम दिई रहको भए पनि कालिगढ तथा दक्ष प्राविधिक अझै पनि भारत बाटै ल्याउनु परेको बताए ।

घरेलु  उद्योग व्यवसायीका समस्याबारे प्रदेश सरकार गम्भीर रहेको बताउँदै सबै मिलेर उद्योग क्षेत्रको विकास गर्नतर्फ लाग्नु समेत उनले सबैलाई आग्रह गरे । कार्यक्रमलाई उधाेग, पर्यटन, बन तथा बतावरणमन्त्री मानवहादुर धामी पूर्वराज्यमन्त्री एव सांसद प्रकाश रावल लगायतले सम्बाेधन गरेका थिए।May be an image of 5 people and indoor

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.