लेखराजका हस्ती, एमाले अधिवेशनमा छनाैटलाई मुख्यमन्त्रीले भित्राए माओवादीमा
धनगढी । सुदूरपश्चिम माओवादीका पूर्व कमाण्डर लेखराज भट्ट नेकपा एमालेमा गएपछि उनीसँग एमालेमा गएका स्थानीय पार्टी नेता कार्यकर्ता क्रमस: माओवादी केन्द्रमै फर्किन थालेका छन् । आज शुक्रवार मात्रै नेकपा माओवादीका केन्द्रीय नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले आसन्न एमाले अधिवेशनका वार्ड प्रतिनिधिसहित नेता लेखराज भट्टका हस्ति भनेर चिनिने दर्जनबढी स्थानीय नेता तथा कार्यकर्तालाई पार्टिमा भित्र्याएका हुन् ।
पूर्वमन्त्री लेखराज भट्टका स्वकीय सचिव एवं माओवादी केन्द्रका नेता उद्दब भट्टराई र लेखराजका हस्ति मानिने गाेदावरी नगरपालिकाका नेता मेखराज भट्टकाे पहलमा मुख्यमन्त्री भट्टले एक कार्यक्रमकावीच गाेदावरी नपा १० का टेकराज जाेशी, सचिव दीपक खत्री, वार्ड नम्बर १२ का महेन्द्र अधिकारी, नेकपा वार्ड सचिव नरदीप धामी, एमाले अधिवेशनका नवनिर्वाचित वार्ड प्रतिनिधि रामवहादुर लुहार, घन्टेश्वरी, सचिव नरेश बाेहरा लगायतका दर्जनबढी स्थानीय नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका हुन् ।
साे अवसरमा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सहईञ्चार्जसमेत रहेका मुख्यमन्त्री भट्टले माओवादीकाे नीतिमा चलेकाे देशमा नेतृत्व अरुका हातमा पर्दा असमजस्यता देखिएकाे भन्दै एमालेसँगकाे पार्टी एकताकाबेला केही अलमलमा परेपनि अब जनअपेक्षा अनुसार स्पस्टरुपमा पार्टीलाई अगाडी बढाएर लैजानेमा सबैकाे सहयाेग रहनुपर्ने बताए ।