प्रेस सेन्टर नेपाल डडेल्धुराको पाँचाैं सम्मेलन सम्पन्न, अध्यक्षमा दाहाल
डडेल्धुरा । प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा भीम खत्री दाहाल चयन भएका छन्। मंगलबार सम्पन्न पाँचौं जिल्ला सम्मेलनबाट दाहालको अध्यक्षमा २५ सदस्यीय कमिटी चयन गरिएको हो।
कमिटीको उपाध्यक्षमा सिद्धराज भट्ट, महिला उपाध्यक्षमा सरस्वती पन्त, सचिवमा गणेश भट्ट, सहसचिवमा लक्ष्मण खाँती र कोषाध्यक्षमा प्रकाश कोली चयन भएका छन्। यस्तै, सदस्यमा मदन ताम्राकार, भरत पाल, शारदा ऐर, मनिष भट्ट, डम्बर ऐर, चेतराज पन्त, दीपक सार्की, प्रतिभा जोशी, पवन पाल र सुनिल ताम्राकारलगायत रहेका छन्।
प्रदेश प्रतिनिधिमा कल्पना मल्ल र दिनेश मल्ल र केन्द्रमा भवानी ऐर चयन भएकाे पूर्व जिल्ला अध्यक्ष तथा प्रेस सेन्टर नेपालका नेता भुवन बाेहराले बताएका छन्।
सम्मेलनकाे उद्घाटन प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश महासचिव रामसिंह ठगुन्नाले गरेका थिए । उद्घाटन सत्रमा पत्रकारका पेशागत विभिन्न संघ संगठनका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए ।