प्रेस सेन्टर नेपाल कञ्चनपुर जिल्ला अध्यक्षमा अरुण भट्ट
धनगढी । प्रेस सेन्टर नेपाल कञ्चनपुरजिल्ला अध्यक्षमा अरुण प्रसाद भट्ट चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका हुन ।
विगत १६ वर्षदेखि निरन्तर स्थानीय तथा राष्ट्रिय विभिन्न रेडियो पत्रिका तथा टेलिभिजन मिडियाहरुमा रही काम गरिरहेका पत्रकार भट्ट माओवादी निकट पत्रकार संगठनमा कञ्चनपुर जिल्लाको संस्थापक कमिटी सदस्य हुन् । यस्तै अधिवेशनबाट उपाध्यक्षमा धर्मराज कठायत, महिला उपाध्यक्ष मनिसा जोशी, सचिव भाष्कर केसी, सह सचिव विकास सिह महता, खडक कोली, कोषाध्यक्ष डम्मरराज भट्ट चयन भएका छन ।
सदस्य तर्फ प्रेमराज भट्ट(वर्तमान), पदमराज पन्त, कल्पना चौधरी, सरस्वती भट्ट, बिर सिह ऐरी, पुष्कर दत्त भट्ट, नरेश राना, सुर्वण प्रशाद जोशी, धनसिह धामी, गोबिन्द राज अवस्थी, हरिना सार्की, सोनी दमाई, मनोज लेखक, रोशन नेपाली रहेका छन । प्रेस सेन्टर नेपालका नेता कृष्णदत्त जोशी अध्यक्ष मण्डल रहेको निर्वाचन समितिले सहमतीय आधारमा प्रेस सेन्टर नेपाल कञ्चनपुरको कार्य समिति घोषणा गरेको थियो ।
प्रेस सेन्टर नेपाल कञ्चनपुरको नव कार्य समितिलाई संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश इन्चार्ज राम सिह ठगुन्नाले सपथ ग्रहण गराएका थिए । प्रेस सेन्टर नेपाल कञ्चनपुरका निर्वतमान अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश इन्चार्ज राम सिह ठगुन्ना प्रमुख अतिथि, संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य टेकेन्द्र प्रशाद भट्ट बिशिष्ठ अतिथि रहेका थिए ।
अधिवेशन उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रशाद जोशी सहितका विभिन्न पत्रकार संघ सगठनले शुभकामना मन्तव्य राखेका थिए ।