बझाङलाई बाढीग्रस्त जिल्ला घोषणा गरि पुर्नब्यवस्था गर्न माग
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बझाङ सम्बद्ध नेता तथा संसदहरुकाे टीमले सुदूरपश्चिम प्रदेश सरकारसँग बझाङलाई बाढीपहिराे ग्रस्त जिल्ला घोषणा गरि प्रभावित स्थानीय बासिन्दाकाे पुर्नब्यवस्था गर्न माग गरेकाे छ ।
संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बझाङका नेता जनक बुढाकाे नेतृत्वमा आएकाे प्रतिनिधि टीमले आइतवार मुख्यमन्त्री त्रिलाेचन भट्टलाई ज्ञापनपत्र बुझाउदै यस्ताे माग गरेका हुन् । प्रतिनिधि मण्डलमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बझाङबाट प्रदेशसभा सदस्य देबकी मल्ल थापा र शान्ति बिक लगायतकाे सहभागिता रहेकाे थियाे ।
ज्ञपनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टले हालैकाे बेमाैसममी बर्षासँगै आएकाे बाढीपहिराेले बझाङमा सबैभन्दा बढी क्षति गरेकाेले सरकार आफै उपस्थित भएर तत्कालका उद्दार तथा रहात लगायतका कार्यमा जुटेकाे स्मरण गराउदै यसै बर्षबाट प्रदेश सरकारबाट सक्दाे दीर्घकालिन ब्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरे ।
बिपत्ति टार्न सबैकाे साझा प्रयास आवश्यक भएकाले क्षतिकाे विवरण आएलगत्तै प्रदेश सरकार स्थानीयदेखि संघीय सरकारसँग समन्वय गरेर पीडितकाे पुनर्ब्यवस्थापन गर्ने बताए । बझाङसँगै सिङ्गाे सुदूरपश्चिम प्रदेशलाई नै अहिलेकाे प्राकृतिक प्रकाेपग्रस्त क्षेत्र घोषणा गर्न आफुले प्रधानमन्त्रीसँग कुरा गरिसकेकाेले यस विषयमा थप पहल चाल्न प्रदेश सरकार तयार रहेकाे मुख्यमन्त्री भट्टकाे भनाई थियाे।