नेपाल एयरलाइन्सले सुदूरपश्चिमका तीन पहाडी जिल्लामा उडान गर्ने

धनगढी । नेपाल वायु सेवा निगमले सुदूरपश्चिमका तीन वटा पहाडी जिल्लामा उडान सुरु गर्ने भएको छ । बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने तयारी भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

बाढी पहिरोले राजमार्गसमेत प्रभावित हुँदा सुदूरपश्चिमका नागरिकले सास्ती भोग्दै आएका बेला । सहुलियत भाडा दर कायम गरी हवाई उडान गर्ने योजना रहेको वायु सेवा निगमले जनाएको छ ।

निगमले आउँदाे आइतबारदेखि धनगढी–काठमाण्डौ पनि उडान गर्ने भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.