आर्थिक मामिलामन्त्री र राजयमन्त्रीले दिए राजिनामा
धनगढी । सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । दुवै जनाले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।
राजिनामापछि पत्रकार सम्मेलनमा एमाले विभाजनपछि काम गर्ने वातावरण नभएकाका कारण राजिनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले बताए । उनले पार्टी र पदमा एउटा रोज्नुपर्ने अवस्थामा पदको लोभमा आफु नपरी राजिनामा दिएको बताए । विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए । तर पार्टी फुटपछि माधब नेपाल नेतृत्वकाे एकीकृत समाजवादी छाेडेर एमालेमै रहेकाे भन्दै राजिनामा दिएका हुन् ।
अर्थ राज्यमन्त्री अर्चना गहतराजले आफु पदको लोभमा नलागेको बताइन् । ‘मेरो नाम नेकपा (एस) मा जोडेर बदनाम गराउन खोजिएको थियो,’ उनले भनिन्,‘तर मैले एमालेलाई छोड्ने सोच कहिल्यै बनाइन, अव पार्टीको नीति अनुसार काम गर्नेछु ।’