‘काठमाण्डाैंमा घर भाडा लिएका छैनाैं’ : मुख्यमन्त्री भट्टकाे सचिवालय

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले काठमाण्डाैंमा घर भाडामा लिएर छुट्टै सम्पर्क कार्यालय नखाेलेकाे बताएका छन् । केही सञ्चार माध्यममा कार्यक्षेत्र बाहिर काठमाण्डाैंमा मुख्यमन्त्रीले घर भाडामा लिएर सम्पर्क कार्यालय खाेलेर लाखाैं रकम दुरुपयाेग गरेकाे भन्ने खबरकाे खण्डन गर्दै उनकाे सचिवालयले ‘झुट्टा’ भएकाे बताएकाे हाे ।

कामकाे सिलसिलामा काठमाण्डाैंमा रहँदा सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई संघीय सरकारले नै सुरक्षा, गाडी र आवास दिएकाले छुट्टै घर भाडामा लिनुपर्ने कुनै आवश्यकता नभएकाे भन्दै मुख्यमन्त्री भट्टकाे सचिवालयले ‘देशभरमै आर्थिक मितव्ययीतामा अब्बल सुदूरपश्चिमका मुख्यमन्त्रीलाई बदनाम गराउने उद्देश्यले भ्रम फैलाउन खाेजिएकाे’ बताएकाे छ ।

भ्रमपूर्ण समाचारले जनसमुदाय आश‌कित परेकाे हुनसक्ने भएकाले यस विषयमा आजै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रेस विज्ञप्ति निकालेर विस्तृत जानकारी दिने मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमवहादुर कुँवर (प्रख्यात)ले बताए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.