सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व परिवर्तन हुँदैन : माओवादी केन्द्र

धनगढी । सत्ता गठबन्धनकाे प्रमुख पार्टी नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व परिवर्तन नहुने बताएकाे छ । उसले प्रतिगमनका बिरुद्ध गठन भएकाे चार दलिय गठबन्धनले स‌ंविधनकाे सही कार्यान्वयन र अग्रमगनकाे पक्षमा कृर्याशिल सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व बदल्ने कुरा भ्रम मात्रै भएकाे बताएकाे हाे ।

माओवादी केन्द्र पार्टीका एक स्थायी कमिटीसदस्यले अग्रगामी सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व बदल्न अहिलेकाे गठबन्धन नबनेकाे जिकिर गरे । उनले भने- ‘गठबन्धन भाग भण्डा पाउन मात्रै भएकाे हैन, हिजाेदेखि नै अग्रगमनकाे पक्षमा रहेकाे सरकार बदल्न वा ढाल्न पनि हाेईन, त्यसैले जनतालाई भ्रममा पारेर गठबन्धन तुहाउने काम गलत हाे । यस्ताे कसैवाट हुनुहुँदैन ।’

‘सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व परिबर्तन हुँदै’ भन्ने केही सञ्चार माध्यममा आएकाे खबरप्रति आफ्नाे पार्टीकाे ध्यानाकर्षण भएकाे भन्दै उनले प्रतिगमनबिरुद्धकाे गठबन्धनले अग्रगमन पक्षधर सरकारकाे नेतृत्व हटाउन खाेजे अनर्थ हुने बताए । चार दलीय गठबन्धनको सहमती अनुसार प्रतिगमन पक्षधर १ नम्बर र ३ नम्बर प्रदेश सरकारमा माधब नेपाल नेतृत्वकाे नेकपा समाजवादीले नेतृत्व पाउन अव बाँकी रहेकाे उनकाे भनाई छ ।

यता मुख्यमन्त्री त्रिलाेचन भट्टका स्वकीय सचिव प्रेमवहादुर कुँवरले आफुहरुलाई त्यस्ताे कुनै जानकारी नआएकाे बताए । नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य नन्दवहादुर साउद (राजेन्द्र)ले पनि सुदूरपश्चिम सरकार कुनै प्रदेश सरकार भन्दा कम नभएकाे दावी गर्दै सुशासन र समृद्धिकाे बाटाेमा हिडिरहेकाे र हालै मात्र संसदसभाबाट विश्वासकाे मत लिएका मुख्यमन्त्री भट्ट नेतृत्व परिवर्तन गर्न नसकिने प्रावधान रहेकाले अस्थिरता ल्याउन मात्रै भ्रम छर्नु ठीक नहुने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.