प्रधानमन्त्रीले प्रतिनिधसभा विघटन गरेबिरुद्ध धनगढीमा बयलगाडा र्याली
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधसभा विघटन गरेकाे बिराेधमा धनगढीमा बयलगाडा र्याली निकालिएकाे छ । लामाे आन्दाेलन र जनताकाे बलिदानीवाट स्थापीत संविधान नै कुल्चेर प्रधानमन्त्री ओलीका पछिल्ला कदम असंवैधानिक भएको भन्दै उनकै पार्टीका युवा विधार्थीहरुले आईतवार धनगढीमा बयलगाडा र्याली निकालिएको हाे।
२०६२/०६३ सालको जनआन्दोलनताका ओलीले ’गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए। सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो। पार्टी विवाद फुटकाे संघारमा पुगेका बेला नेकपा प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले दैनिकजसाे आन्दाेलन गर्दै आएकाे छ ।
प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले माग गरिरहेको छ।