सुदूरपश्चिमकाे बजेट सार्वजनिक गर्ने बैठक दिउँसो २ बजे बस्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने कार्यसूचीसहित आह्वान गरिएको प्रदेशसभा बैठक दिउँसाे २ बजे बस्ने भएकाे छ । आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीले जानकारी दिइन्।

प्रदेश सरकारले बजेटको तयारी पूरा गर्न नसक्दा प्रदेशसभा बैठक पटकपटक सर्दै आएको छ। बजेट सार्वजनिक हुन नसक्दा सुदूरपश्चिम प्रदेश तीन महिनादेखि बजेटविहीन अवस्थामा छ।

बजेट शून्यताको असर सरकारी कामकाजमा समेत परेको छ। चाडपर्वको मुखमा कर्मचारीले तलब पाउन सकेका छैनन् भने मन्त्रालय र मातहतका निकायलाई दैनिक कामकाज तथा आर्थिक व्यवस्थापन गर्न समस्या भइरहेको छ।

यसअघि शनिबार बसेकाे सत्तारुढ दलको प्रदेशसभा सदस्यहरुको बैठकलेआज आईतबार बजेट सार्वजनिक गर्ने सहमति गरेको थियाे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.