कञ्चनपुर । महाकाली नदीमा झोलुङ्गे पुल बगाउँदा चुँडिएको नेपाल टेलिकमको तार पुन: तान्ने क्रममा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत सहायक प्रहरी निरीक्षक सागरराज थारु रहेका छन् ।
सशस्त्र प्रहरीले दिएको विवरणअनुसार, शनिबार दिउँसो १२:१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ महाकाली नदीमा रबर बोटको सहायताले टेलिकमको तार वारपार तान्ने क्रममा घटना भएको हो ।
केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बगाउँदा नेपाल टेलिकमको तारसमेत चुडिएको थियो। तार चुडिएपछि दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।
