कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । दुई घण्टामा १ हजार २९३ मत खसेको निर्वाचन समितिले जनाएको छ।

बिहान ८:३० बजेदेखि सुरु भएकाे मतदानमा पहिलो मतदान ८१ वर्षका कास्की क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गरेका थिए । मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ। मतदान प्रक्रिया निर्बाध रूपमा चलिरहेको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नेछन्।

यसअघि बिहीबारलाई तय भएको मतदान मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नहुँदा रोकिएको थियो । तयारी पूरा भएसँगै आज मतदान अघि बढाइएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.