कैलालीका ८० जनाभन्दा बढी अझै सम्पर्कविहीन

धनगढी । भदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्धारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले शनिबार बेलुका जारी गरेको सूचनाअन्सार कैलाली जिल्लाबाट ८० जनाभन्दा बढी सम्पर्कविहीन छन् ।

सूचना अनुसार धनगढी उपमहानगरपालिका –१२ ए गाउँका शिवशंकर जोशी, वडा नम्बर २ का विकास ठकुरी, वडा नम्बर ५ हसनपुरका पुष्पा शाही, वडा नम्बर ३ का खरेन्द्र जोशी गरी चार जना रहेका छन् । गौरीगंगा नगरपालिका–४ का गोविन्द तामाङ, विष्णु साउद, नरेन्द्र साउद, रोहन ओली, प्रदीप बोहरा, विक्रम ढकाल, अभिशेर सुनार, रमेश साउद, गोविन्द ओली, सुनिल बुढा मगर, सञ्जय शाही, संगम मगर, सोमबहादुर साहु, मानबहादुर शाही, अनिल चौधरी, सुनिल चौधरी, दिलीप चौधरी गरी १७ जना रहेका छन् ।

यस्तै जोशीपुर गाउँपालिका– २ मुद्दीका शैलेश चौधरी, राजकुमार कठरिया, नरेश डगौरा, राजेश डगौरा, फत्ते कठरिया, राकेश थारु, रामप्रसाद कठरिया, बुधराम कठरिया, पदमराज बिनाडी, चुरे गाउँपालिकाका–३ का पदमबहादुर धामी, जनकबहादुर धामी, आनन्द धामी, गोमादेवी धामी, डम्मरा धामी छन् । त्यस्तै, कैलारी गाउँपालिका–३ का विश्वराज चौधरी, वडा नम्बर ६ का रोयल चौधरी, विश्व चौधरी, घोडाघोडी नगरपालिका ६ का तपेन्द्र कुँवर, बर्दगोरिया गाउँपालिका–५ का भुवन वाग्ले, वडा नम्बर ६ का विजय चौधरी सम्पर्कविहीन छन् ।

टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार उद्धार भएको खबर सुन्न आँतुर छन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.