विपदमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री भट्टकाे आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

आज बिहान अचानक आएको बाढीका कारण नुवाकोटको बेत्रावती, बनार, त्रिशूली, देवीघाटलगायतका बजार तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै उनले विपद्को यस घडीमा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेका हुन्।

मुख्यमन्त्री भट्टले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नदी, खोला तथा जोखिमयुक्त क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित रहन अपिल गरेका छन्। उनले विपद्को समयमा एकअर्कालाई सहयोग गर्न तथा उद्धार र राहतकार्यमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेका छन्।

मुख्यमन्त्री भट्टले विपद्का समयमा सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने सूचना, चेतावनी र निर्देशनको पालना गरी सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्नसमेत सबैमा अनुरोध गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.