प्रधानमन्त्री बालेनकाे स्वास्थ्य प्रतिवेदन: ‘कालो चस्मा लगाउनैपर्ने’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण चस्मा लगाउनुपरेको भन्दै प्रधानमन्त्री शाहले संघीय संसद् सचिवालयलाई स्वास्थ्य प्रतिवेदनसहितको पत्र पठाएका हुन् ।

यसअघि सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति बैठकले कालो चस्मा लगाएर सदनमा आउन नपाउने निर्णय गरेको थियो । लगाएर आउनै पर्ने भए स्वास्थ्य रिपोर्टसहित पत्र बुझाउनुपर्ने निर्णय समितिले गरेको थियो । त्यही निर्णयअनुरुप प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रधानमन्त्री शाहले पठाएको स्वास्थ्य रिपोर्ट अनुसार उनको आँखामा उज्यालो सहन कठिन हुने  र आँखा सुक्खा हुने समस्या छ । उनले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएको रिपोट सचिवालयलाई पठाएका हुन् । बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम निर्धारित छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.