अटिजम अपाङ्गता भएका बालबालिकाका लागि विशेष शैक्षिक केन्द्र खोल्ने

धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम तथा न्युरोडाइभर्सिटी भएका बालबालिकाका लागि सातै प्रदेशमा थेरापी, स्क्रिनिङ तथा आवासीय सुविधासहितका विशेष केन्द्र तथा विद्यालय सञ्चालनका लागि बजेट व्यवस्था गरी काम अघि बढाइएको बताएका छन्।

धनगढीमा आज सम्पन्न अटिजम तथा न्युरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०८३ को मस्यौदामाथि छलफल तथा अन्तरक्रिया यस्ताे जानकारी दिएका हुन्। उनले नयाँ शिक्षा ऐनमा अटिजमसम्बन्धी विषय समेटिने र विद्यालयहरूलाई थप समावेशी बनाइने बताए। सुदूरपश्चिममा सेवा विस्तारका लागि गेटा मेडिकल कलेजमार्फत अटिजम विशेषज्ञ तथा चिकित्सकको व्यवस्था गर्न पहल गरिने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी सराेकारवालाहरुले अटिजम भएका बालबालिकाले भोग्नुपरेको समस्याबारे मन्त्री पोखरेल समक्ष बताएका थिए । शिक्षा पहुंचमा ल्याउन चाँडो संघिय सरकारले पहल गर्नुपर्ने उनीहरुको भनाइ थियो । राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता महत्तो लगायतले सम्बाेधन गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.