एसीसी प्रिमियर कपमा नेपाली टाेली कप्तानमा सन्दीप छनाैंट

काठमाडाैं । आगामी अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सन्दीपलाई उक्त प्रतियोगितामा नेपाली टोलीको कप्तानको जिम्मेवारी दिईएको हो ।

एकदिवसीय टोलीको कप्तान बने सन्दीप चार वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन्। प्रिमियर लिगका लागि क्यानले सोमबार सार्वजनिक गरेको १४ सदस्यीय नेपाली टोलीको कप्तानमा सन्दीप छन भने टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललिथ राजवंशी, करण केसी र हेमन्त धामीले स्थान बनाएका  छन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले गत शनिबार प्रतियोगिताका खेल तालिका सार्वजनिक गरेको थियो। तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १ तारिख साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.