Dashain Suvakamana

सिरहामा फेरी तनाव, गोलबजारमा एक जनाको मृत्यु

Ajai

सिरहाको गोलबजारमा एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसाे झडपका क्रममा गोली लागेर औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालले जानकारी दिए ।

‘एक जनाको मृत्यु भएको खबर छ। अहिले थप विवरण दिन सकिएन,’ उनले भने। अर्का एक युवक पनि घाइते भएको उनले बताए। उपचारका लागि ती युवकलाई धरान लगिएको छ। एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित भई आगजनी समेतमा उत्रिएका छन। सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।

यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएकाे छ । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.