बझाङ केन्द्रविन्दु भएर गएकाे भूकम्पले बैतडीसम्म हल्लायाे

धनगढी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर गएकाे भूकम्पकाे धक्का बैतडीसम्म महसुूस भएकाे स्थानीयले बताएका छन् ।

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.