कैलालीमा एकैदिन दुई जना मृत फेला

धनगढी । कैलालीको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कैलारी र घोडाघोडीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कैलारी गाउँपालिका–५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै, घोडाघोडी नगरपालिका–१ बेलारका २० वर्षीय सागर शाही सोही स्थानस्थित नालामा मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.