धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।
उपाध्याय आइतबार साँझ शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । उनको उद्धार गरेर उपचारका लागि धनगढी पुराइएकाे छ । उनकाे माया मेट्रो अस्पताल उपचार भैइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।