धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जनाको अवस्था गम्भीर रहेको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले तीन जनाको घटनास्थलमै मृत्यु भएको पुुष्टि गरेका छन् ।
उनकाअनुसार अन्य पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुको उद्दारका लागि सुर्खेतबाट हेलीकोप्टर आएपनि दुर्घटनास्थलमा बस्न सकेकाे छैन् । घटनास्थल टाढा र भौगोलिक रुपमा विकटा र माैसम कारण समस्या भइरहेको हो । जिपमा के कति मानिस सवार थिए ? भन्ने कुरा यकिन भइसकेको छैन ।
अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टिम पुग्दैछ ।