भारतीय कारको ठक्करबाट धनगढीमा पदम चन्दको मृत्यु

धनगढी। कैलालीको धनगढीमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा पछाडि सवार बैतडी सिगास गाउँपालिका–१ का ४८ वर्षीय पदम चन्दको ज्यान गएको छ । आइतबार राति धनगढी उपमहानगरपालिका–३ का ४३ वर्षीय गौतम ऐरले चलाएको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई भारतीय नम्बरको गाडीले ठक्कर दिएको थियो ।

ठक्करबाट पछाडि सवार मृतक चन्दको टाउकाे, छाती र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  । माया मेट्रो अस्पतालमा उपचारको क्रममा राति पौने १ बजेतिर चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जनाइएको छ । कारको ठक्करबाट घाइते मोटरसाइकल चालक ऐरको भने सीपी अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिएर भारतीय गाडी फरार भएपनि प्रहरीले कारसहित गोदावरी नगरपालिका–६ लालपुरबाट कार चालक भारत उत्तर प्रदेश वाराणासी बस्ने ४२ वर्षीय अश्वीनी कुमार सिंहलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.