बैतडीमा बस दुर्घटना १७ घाईतेकाे उद्दार, २ जनाकाे अवस्था गम्भिर

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१ ००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो साढे ३ बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।

बस दुर्घटना स्थलबाट १७ जनाकाे उद्दार गरी केहीलाई पाटन स्वास्थ्य चाैकी, खाेड्पे स्वास्थ्य चाैकी र डडेल्धुरा अस्पताल लगिएकाे जानकारी प्रहरी कार्यालय बैतडीका डिएसपी भुवन तिमिल्सेनाले दिए।

घाईतेमध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले बताएकाे छ । बस सडकबाट करिव १०० मिटर तल खसेको डिएसपी तिमिल्सेनाले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.