धनगढीका होटलबाट याैंन गतिविधिमा संलग्न २४ जना पक्राउ

धनगढी । कैलालीकाे धनगढी उपमहानगर बजार क्षेत्रका विभिन्न होटल तथा लजमा याैंन एवं अनैतिक गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सूचनाकाे अधारमा बुधवार प्रहरीले विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन्। नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.