धनगढी । कैलालीको धनगढी एयरपोर्ट चोकमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। उपमहानगरपालिका–१३ स्थित साे चाेकमा हायसले मोटरसाइकललाई ठक्कर दिँदा गोदावरी- ५ गेटाका मोटरसाइकल चालक ६५ वर्षीय चेतराज भट्टको मृत्यु भएको हो।
ठक्करपछि गम्भीर घाइते भएका भट्टलाई मायामेट्राे अस्पतालमा उपचारकाक्रममा डाक्टरले मृत घोषणा गरेको कैलाली प्रहरी प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए । मृतक भट्ट यातायात व्यबसायी रहेकाे र नायक बिराज भट्टका सहाेदर दाजु भएकाे खुलेकाे छ ।
आइतबार साँझ उनकाे उपचारका क्रममा माया मेट्राे अस्पतालमा निधन भएको थियाे । दुर्घटनामा संलग्न हायस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।