लागुओैषधमा प्रयाेग हुने सिरिञ्जसहित भीमदत्त नगरकी वडासदस्य जैरु पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की वडासदस्य रुपा जैरु लागुओैषध र अबैध इन्जेक्सनसहित पक्राउ परेकी छिन्।भीमदत्त नगरपालिका-१८ कटान स्थित लागू औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्रेकाे हाे ।

स्थानीय गौरा मन्दिर टोल बस्ने भीमदत्त नगरपालिका-१८ की वडा सदस्य जैरुलाई आइतवार विभिन्न किसिमका इन्जेक्सनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाे छ ।

जैरुलाई खानतलासी गर्दा उनले आफ्नो दाहीने कोखीमुनी कालो प्लाष्टिकको पोकामा लुकाइ राखेको प्रोमेथोजिन हाइड्रोक्लोराइड इंजेक्शन १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्शन १५ एम्पुल गरी ३० एम्पुलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अिधकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादर रावतले जानकारी दिए।

जैरुमाथि आवश्यक अनुसन्धान भईरहेको रावतले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.