चेक अनादर र चरेश मुद्दामा फरार २ जना पक्राउ

धनगढी । कैलालीबाट चेक अनादर र चरेश मुद्दामा फरार २ जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट बस्ने अम्पुरा पाण्डेयलाई वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो।

यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत बझाङको मिति २०७८ मंसिर २६ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ वर्ष ८ महिना १७ दिन कैद सजाय र २५ हजार जरिवाना तोकिएको जिल्ला बझाङको बुङगल नगरपालिका–२ घर भई हाल जिल्ला कैलालीको गोदावरी नगरपालिका–४ गौरीगडा बस्ने ६३ वर्षीय गगने धामी पक्राउ परेका हुन्।

धामीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले वुधबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.