रास्वपा सुदूरपश्चिम सभापतिमा ईन्जिनियर विष्ट दाेहाेरिए

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपशुचिम प्रदेशकाे सभापतिमा ईन्जिनियर प्रकाश विष्ट दाेहाेरिएका छन् । आज मंगलबार सम्पन्न पहिलाे अधिवेसनकाे मत गणनामा उनले प्रतिद्वन्धी सांसद जनक सिंह धामीलाई भारी मतले पराजित गर्दै बिजयी भएका हुन् ।

विष्टले ३५८ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएका छन् । पार्टीबाट प्रतिनिधि सभाकाे टिकट नपाएका ईन्जिनियर प्रकाश विष्ट यसअघि पार्टीकाे संस्थापक सभापति थिए ।

उनले कञ्चनपुरका सांसद जनक सिंह धामीलाई पराजित गर्दै सुदूरपश्चिम सभापतिमा दाेहाेरिएपछि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्वता गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.