कैलालीकाे गाेदावरीमा बन अतिक्रमण गरि बनाइएका घर-टहरा हटाइए

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका– ४ गोदावरीमा राजमार्ग क्षेत्र र बन अतिक्रमण गरी बनाईएका संरचनामा डिभिजन बन कार्यालय कैलालीले डोजर चलाएको छ । यसअघि पनि सो क्षेत्रका संरचनाहरुमा डोजर चलाएको डिभिजन बन कार्यालयले शुक्रबार बाँकी रहेका अन्य संरचनाहरुमा डोजर चलाएको हो ।

शुक्रबार गोदावरी को सालिनि बाटिका क्षेत्रमा रहेका संरचना र गोदावरी पुल आसपास रहेका संरचनाहरु भत्काईएको डिभिजन बन कार्यालय कैलालीले जनाएको छ । डिभिजन बन कार्यालय कैलालीका प्रमुख रामबिचारी ठाकुरले गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वन र सालिना बाटिका भन्दा मुनि र गोदावरी पुल भन्दा माथि रहेका राष्ट्रिय वनमा ४७ वटा कच्ची तथ पक्की संरचनाहरु भत्काई ३५ हेक्टर वन क्षेत्र अतिक्रमणकारीहरुको चपेटाबाट मुक्त गरिएकाे बताए ।

उनले पटक पटक सचेत गराउँदा पनि नमानेपछि बन क्षेत्र अतिक्रमीत गरी बनाईएका संरचनामा डोजर चलाईएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.