राेजगारीकाे प्रलाेभनमा भारतमा नेपालीलाई बन्धक बनाएर राख्ने गिरोहका १३ जना पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले नेटवर्किङ व्यवसायको नाममा सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई भारतबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भार्त स्थित नेपाली राजदुतावासको सहयोगमा भारतीय सञ्चालन गरेको विशेष अभियानमार्फत उक्त गिरोहका सदस्यहरूलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हाे।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेटवर्किङ व्यवसायको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम असुलेको पाइएको जनाएको छ। पक्राउ पर्नेहरु १३ जना रहेका छन्। उनीहरू नेटवर्किङ स्क्याम (ठगी) सम्बन्धि घटनाको अनुसन्धान गर्दा पक्राउ परेका हुन्। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सागर विक, सुरज विक, प्रकाश अर्याल, दिनेश काफ्ले, पंकज विक, रित भुजेल, दीपेश तामाङ, रामबलक मण्डल, प्रभाष विक, सुमन घिमिरे, धिरज सुनुवार, विक्रम परियार र विशाल खत्री रहेका छन्। प्रहरीका अनुसार उनीहरूले जागिर लगाउने भन्दै प्रलोभन देखाएर भारतमा लगेर ठग्ने र बन्धक बनाई असुली गर्ने समेत गरेका थिए।

अहिले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको सुदुरपस्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाले बताए। पछिल्लो समय नेपाल प्रहरीले भारतमा समेत विभिन्न अपरेसन गर्दै अपराधी नियन्त्रणमा लिने क्रम बढाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.