काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब हरेक फाइल खोल्ने घोषणा गरेका छन् । दोस्रोपटक गृहमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग गुरुङले अनुसन्धानमा रहेका फाइलाहरु शिघ्र टुंगोमा पुर्याउने लगायत निर्णय सुनाएका छन् ।
‘हाल अनुसन्धानका क्रममा रहेका फाइलहरुलाई शीघ्र टुंगोमा पुर्याउने निर्देशन दिने,’ गृहमन्त्री गुरुङले भने । मन्त्रालयमा आएपछि गरेका निर्णय सुनाउने क्रममा उनले अब हरेक फाइल खोल्ने बताए । ‘हरेक फाइल खोलिन्छ अब थ्याङ्क यू सो मच,’ उनले भने ।
२०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डबारे हालसम्म प्राप्त प्रतिवेदनहरू अध्ययन गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरिएको गृहमन्त्री गुरुङले जानकारी गराए। गृहमन्त्री गुरुङले भने,‘वि.सं. २०५८ जेठ १९ गते भएको नारायहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।’
यस्तै जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णयसमेत गरेका छन् । छानबिनमा रहेका हरेक फाइल खोल्ने निर्णयसमेत उनले गरेका छन् ।