कैलालीबाट १५ वटा चाेरीका मोटरसाइकल बरामद

धनगढी । प्रहरीले कैलालीका विभिन्न स्थानबाट १७ लाख ३० हजार बराबरका १५ वटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार आज भजनी र लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चोरी गरिएका तथा बेवारिसे अवस्थाका उक्त मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए । चोरी नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको उनले जानकारी दिएका छन्।

बरामद गरिएका मोटरसाइकल आवश्यक कारबाहीका लागि टीकापुरस्थित सत्ती भन्सार कार्यालयमा बुझाइएको उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.