बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटीलामा युवाबिच भएको झडपमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–६ कोटीलाका करिब ३२ वर्षीय निर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गत बुधबार राति गाउँका युवाबिच भएको झडपमा कुटपिट गर्ने सोही स्थानका १९ वर्षीय टेकेन्द्र रावत प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख शैलेश्री बोहराले बताए । उनले भने, “कोल्टी इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि इन्स्पेक्टर गगनसिंह भाटको नेतृत्वमा थप टोली घटनास्थलतर्फ पठाइएको छ ।”
घटना के कारणले भएको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र यथार्थ विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख बोहराले बताए ।