कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि, न्यूनतम तलब ४० हजार

बजेट भाषण

धनगढी। सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । अव कर्मचारीको न्यूनतम तलब ४० हजार कायम गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै सो कुरा बताएका हुन् ।

साउन १ गतेदेखि नयाँ तलबमान लागू हुनेछ । अर्थमन्त्री डा. वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत बृद्धि, कार्यसम्पादनको आधारमा १० प्रतिशत र ग्रेडका आधारमा गरी कुल २१ प्रतिशतले तलब बढ्नेछ। तलबमानको यो वृद्धिले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, परराष्ट्र सेवा, सामुदायिक विद्यालयका शिक्षकहरू, विभिन्न संस्थानका सबै तहका राष्ट्रसेवकहरूलाई समेट्नेछ ।

महँगी भत्तालाई हालकै अवस्थामा निरन्तरता दिँदै कार्यसम्पादनमा आधारित भत्ता थप गरिएपछि कर्मचारीहरूको जीवनयापन सहज हुने र सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक सुधार आउने सरकारको अपेक्षा रहेको अर्थमन्त्री डा. वाग्लेले बताए । अर्थ मन्त्रालयले यस सम्बन्धी विस्तृत तालिका सार्वजनिक गरेपछि कुन तहको तलबमान कति हुन्छ त्यो निक्र्यौल हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.