नेपाली फाइटर रविन्द्र ढाँट ‘रोड टु युएफसी’को सेमिफाइनलमा

नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।

‘बझाङको बाघ’ भनेर समेत चिनिने रविन्द्र ढाँट रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् । रविन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन् ।

ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यस तौल समूहमा विजेता बने युएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् । रविन्द्र पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रुपमा चिनिन्छन् ।

उनले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.