एसियाली छनोट खेलमा नेपाली महिला क्रिकेट चीनसँग खेल्दै

धनगढी। एसियाली खेलकुदको महिला क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेल आज चीनसँग खेल्दैछन् । मलेसियाको बायुमास ओभलमा हुने उक्त खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।

६ टोली सहभागी छनोटमा शीर्ष ३ टोलीले आगामी असोजमा जापानमा हुने २०औं एसियाली खेलकुदमा छनोट हुनेछन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । समूह ‘ए’मा आयोजक मलेसियासहित हङकङ र थाइल्याण्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.