भाेलि मंगलबार धनगढीमा स्थानीय सार्वजनिक बिदा

धनगढी । धनगढी उपमहानगरपालिकाले भाेलि जेठ १२ गते मंगलबार नगर क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ। धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा रहने जनाएको हो।

सुदूरपश्चिम क्षेत्रकै ऐतिहासिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको गंगादशहराको अवसरमा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा विभिन्न संघ–संस्थाहरूमा बिदा दिइने सूचनामा उल्लेख गरिएको छ।

नगर कार्यपालिकाको मिति २०८१/०४/३१ को निर्णयअनुसार हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगादशहरा पर्व मनाइँदै आएको छ। यस पर्वलाई यहाँका सबै समुदायले विशेष आस्था र महत्वका साथ मनाउने परम्परा रहँदै आएको छ। यस वर्ष उक्त तिथि जेठ १२ गते मंगलबार परेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.