दीपेन्द्रसिंह ऐरीकाे घातक बलिङसामु अमेरीका निरह, दियाे १९६ रनकाे लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा जितका लागि नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ । टीयू मैदानमा अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ थालेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको हो । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गरे । उनले मात्र ७.३ ओभर बलिङ गर्दै २४ रन खर्चेर महत्त्वपूर्ण चार विकेट लिए ।

दीपेन्द्रबाहेक सोमपाल कामीले ७ ओभरमा ३५ रन खर्चेर दुई विकेट लिए भने सन्दीप लामिछाने र गुल्सन झाले समान एक–एक विकेट लिए ।  नेपालका लागि घरेलु मैदानमा यो खेल जित्नैपर्ने दबाब छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.